Tuesday, February 20Nepal News Portal
Shadow

धितोपत्र बोर्डले दियो थप ११ वटा ब्रोकरलाई सञ्चालन अनुमति


काठमाडौं । धितोपत्र बोर्डले थप ११ वटा ब्रोकरलाई सञ्चालन अनुमति दिएको छ।

मिल्की वे सेयर ब्रोकर कम्पनी, क्यापिटल हब प्रा।लि, आकाशभैरव सेक्युरिटिज, पाही इन्भेष्टमेन्ट प्रा।लि, एसपिएसए सेक्युरिटिज लि, एनएमबी सेक्युरिटिजले सञ्चालन अनुमति पाएका हुन्।

त्यस्तै, सानिमा सेक्युरिटिज, स्टक्स्कार्टस् सेक्युरिटिज, इन्दिरा सेक्युरिटिज, ब्लु चिप सेक्युरिटिज र गरिमा सेक्युरिटिजले पनि अनुमति पाएका छन्।

यससँगै बजारमा पछिल्लो समय भित्रिएका नयाँ २९ ब्रोकर सहित ७९ ब्रोकर संख्या पुगेको छ।

Total Page Visits: 92 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्