Monday, February 10Nepal News Portal
Shadow

कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओ बाँडफाँट


काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओ आइतबार (आज) बाँडफाँट भएको छ।

बिक्री प्रवन्धक एनएमबी क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा गोलाप्रथामार्फत् कुल १० हजार १ सय १५ जनाले सेयर पाएका छन्।

जसमध्ये १ जनालाई ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका हुन्।

उक्त आइपीओमा कुल १० लाख ४८ हजार ४ सय ६८ जनाले आवेदन दिएकामा १ हजार १ सय ६३ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले बताएको छ।

बाँकी १० लाख ४७ हजार ३ सय ५ जना योग्य आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो।

कम्पनीले असार २६ गतेदेखि २९ गतेसम्म सो आइपीओ बिक्री गरेको थियो।

कम्पनीले जारी पुँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँको १० प्रतिशत अर्थात् १ करोड २१ लाख ८६ हजार ८०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ मूल्यका १ लाख २१ हजार ८६८ कित्ता आइपीओ सर्वसाधारणमा निष्कासनका लागि छुट्याएको थियो।

यस्तै, ६ हजार ९३ कित्ता सामूहिक लगानी कोषहरूका लागि बाँडफाँट गरिसकेको कम्पनीले २ प्रतिशत अर्थात् २ हजार ४३७ कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि सुरक्षित गरेको छ।

बाँकी रहेको १ लाख १ हजार १५१ कित्ता सेयर कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको हो।

लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन्।

साथै, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्