Thursday, February 22Nepal News Portal
Shadow

‘आइएमई पे’ ले गर्यो रेमिट्यान्समा उपहारको बहार नामक नयाँ अफर सार्वजनिक


काठमाडौं । ‘आइएमई पे’ ले रेमिट्यान्समा उपहारको बहार नामक नयाँ अफर सार्वजनिक गरेको छ । यो आफर साउन १ देखि साउन मसान्तसम्म चल्ने कम्पनीले जानकारी दिएको छ ।

अफरमा विदेशबाट पठाइएको रेमिट्यान्स रकम आईएमई पे वालेटमा पाउनेमध्ये एकजनाले हरेक हप्ता स्मार्टफोन प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ ।

अन्तर्राष्ट्रिय रेमिट्यान्स प्राप्त गर्ने ग्राहकवर्गलाई लक्षित गर्दै अफर ल्याएको आईएमई पेले जानकारी दिएको छ ।

अफरको अन्त्यमा एक जना ग्राहकलाई बम्पर उपहारस्वरूप अत्याधुनिक प्रविधिको ल्यापटप प्रदान गरिनेसमेत कम्पनीले जानकारी दिएको छ ।

अन्तर्गत रहेका साप्ताहिक तथा मासिक विजेताहरूको पुरस्कार वितरणको तस्बिर तथा भिडियो आईएमई पेको सामाजिक सञ्जालमा प्रकाशन गरिने आईएमई पेले बताएको छ ।

Total Page Visits: 84 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्