Saturday, June 14Nepal News Portal
Shadow

प्रचण्ड-माधव पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध आज दोस्रो चरणको आन्दोलन घोषणा गर्ने


नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गर्ने भएको छ । दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर दोस्रो चरणका आन्दोलनका कार्यक्रम घोेषणा गर्ने भएको छ ।
पत्रकार सम्मेलनअघि कार्यक्रमको स्वरुपबारे छलफल गर्न नेताहरुबीच छलफल गरिने नेताले बताएका छन् ।

‘प्रचण्ड माधव पक्षले यसअघि नै प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा २५०१ सदस्यीय संघर्ष समिति गठन गरेको थियो । अबको आन्दोलनका कार्यक्रम वडादेखि पालिका, प्रदेश र केन्द्रसम्म जनपरिचालन हुने गरी घोषणा गर्ने तयारी भएको संघर्ष समितिका एक सदस्यले जानकारी दिए ।

यसअघि पुस १५ गते नै दोस्रो चरणका आन्दोलनका कार्यक्रम घोषणा गर्ने जनाएको सो पार्टीले केही दिन अन्य दलको सहमति जुटाउन स्थगित गरेको थियो । यो बीचमा काँग्रेस र जसपाससँग संयुक्त आन्दोलनका लागि प्रयास भएपनि काँग्रेस र जसपाले तत्काल संयुक्त आन्दोलनमा जान अरुची देखाएपछि प्रचण्ड माधव पक्ष एक्लैले दोस्रो चरणका कार्यक्रम सार्वजनिक गर्न लागेको हो ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्