Tuesday, February 20Nepal News Portal
Shadow

दुई सयले बढ्यो सुनको मूल्यमा


काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ । नयाँ भाउ अनुसार नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य बढेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख १२ हजार रुपैयाँमा कारोबार भएकोमा आज दुई सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १२ हजार २ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ६ सय ५० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ४ सय ६० रुपैयाँमा कारोबार भएकोमा आज घटेर एक हजार ४ सय ५५ रुपैयाँ मूल्य कायम भएको महासंघले जानकारी दिएको छ ।

Total Page Visits: 73 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्