Friday, October 11Nepal News Portal
Shadow

३६.१९ अंकले घटेर, २१६४.३१ बिन्दुमा नेप्से


काठमाडौं । मंगलबार नेप्से परिसूचक ३६.१९ अंकले घटेको छ। आज नेप्से १.६४ प्रतिशतले घटेर २१६४.३१ बिन्दुमा बन्द भएको छ।

मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।

गत कारोबार दिन ४ अर्ब ७३ करोड ७६ लाख ८ हजार ८१० रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर २ अर्ब ९१ करोड ७ लाख ३२ हजार ४१८ रुपैयाँमा सीमित भएको छ।

यस दिन २६७ वटा धितोपत्रको ७७ लाख १६ हजार २७७ कित्ता सेयर किनबेच भएको हो।

मंगलबार किसान लघुवित्तको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।

यस्तै, सिटी होटलको सेयरमूल्य ७.७४ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ७४३ रुपैयाँ ४० पैसा कायम भएको छ।

सेयरमूल्य सर्वाधिक नबिल डिवेञ्चर २०८५ रहेको छ। उक्त डिवेञ्चरको मूल्य ६.८७ प्रतिशतले घटेर प्रति डिवेञ्चर मूल्य ७८५ रुपैयाँ १० पैसामा सीमित भएको छ।

यस्तै, बिपिडब्यू लघुवित्तको सेयरमूल्य ५.२३ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार ३५६ रुपैयाँमा झरेको छ।

मंगलबार सोल्टी होटलको सर्वाधिक कारोबार भएको छ।

उक्त कम्पनीको प्रतिकित्ता ४७३ रुपैयाँमा १५ करोड २७ लाख बराबरको सेयर कारोबार भएको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा शिवम् सिमेन्ट रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ६२१ रुपैयाँमा १० करोड २९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये होटल्स तथा पर्यटन समूहको परिसूचक १.२२ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ।

यस्तै, बैंकिङ समूहको परिसूचक सर्वाधिक २.७५ प्रतिशतले घटेको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्