Tuesday, February 20Nepal News Portal
Shadow

आइएमई पे ले गर्यो आन्तरिक हवाई उडानमा फ्ल्यास सेल्स अफर सार्वजनिक


काठमाडौं । आइएमई पे ले आन्तरिक हवाई उडानमा फ्ल्यास सेल्स अफर सार्वजनिक गरेको छ।

यस अफरमा सेवाग्राहीले प्रत्येक दिन साँझ ४ बजे देखि ६ बजेसम्म आन्तरिक उडानका एयरलाइन्सको टिकट काट्दा दुई सय रुपैयाँ क्यासब्याक पाउने छन्।

यो अफर साउन ७ गतेदेखि साउन २६ सम्म लागू हुने कम्पनीको भनाइ छ।

उक्त छुट सेवाग्राहीले आइएमई पेमा भएका सम्पूर्ण आन्तरिक एयरलाइन्सको टिकटमा प्राप्त गर्न सक्नेछन्।

सो अफर अवधिभित्रमा एयरलाइन्सको टिकट काट्ने ग्राहकले साविकमा चलिरहेको क्यासब्याक तथा प्रोमो कोडको प्रयोग गरी पाइने छुट सहित अहिलेको क्यासब्याक पनि पाउन सक्ने कम्पनीले जानकारी दिएको छ ।

Total Page Visits: 56 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्