Wednesday, February 21Nepal News Portal
Shadow

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको अध्यक्षमा अनुराग गोयल


काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईइएफ)को अध्यक्षमा अनुराग गोयल चयन भएका छन् ।

मञ्चको वार्षिक साधारणसभाले सन् २०२३/२४ का लागि गोयलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो ।

उनी गोयल गु्रपका प्रबन्ध निर्देशक हुन् । उनी उत्पादनमुलक उद्योग, बैंक, फाइनान्स तथा इन्स्योरेन्स, रियल स्टेट, खानी, जलविद्युत लगायतका क्षेत्रमा संलग्न छन् ।

मञ्चको बिहिबार काठमाडौंमा भएको वार्षिक साधारणसभामा अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रको सुदृढीकरणमा उद्यमीहरूको महत्वपूर्ण भूमिमा रहेको बताए ।

यसैगरी परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले देशमै केही गर्न सकिन्छ, विदेश जान आवश्यक छैन भन्ने स्थापित गर्न युवाहरूलाई नीतिबाटै सहजीकरण, प्रोत्साहनको आवश्यकता रहेको बताए ।

Total Page Visits: 77 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्