Monday, February 10Nepal News Portal
Shadow

ललितपुरबाट साढे चार लाख नक्कली नोट बरामद


काठमाडौं, १ असोज (सस) । ललितपुरबाट प्रहरीले चार लाख ६५ हजार रुपैयाँ बराबरको नेपाली नक्कली नोट बरामद गरेको छ । ललितपुर–१४, ताल्छीखेलमा रहेको एक सुन पसलमा आएका ग्राहकले नक्कली नोट दिएर सुन खरिद गरेको पाइएको हो ।

जयनाथ दुर्गा जेम्स एण्ड ज्वेलरी नामक पसलका सञ्चालक डम्बरबहादुर रिजालले प्रहरीलाई सूचना दिएपछि फरार व्यक्तिको खोजी थालिएको छ ।
प्रहरीका अनुसार ५ तोला बराबरको सुनको हार किन्ने बहानामा नक्कली नोट दिइएको थियो । खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त, सातदोबाटोबाट खटिएको टोलीले नोट बरामद गरेको जनाइएको छ ।

सातदोबाटोका डीएसपी मित्रबन्धु शर्मा अनुसार सुन किन्न आएका व्यक्तिले ५ लाख भनेर हजार दरको नोटको बिटो पसल सञ्चालकलाई दिएका थिए । सञ्चालकले पैसा राम्रोसँग नहेरी बिल बनाउन थालेको पाइएको उनको भनाइ छ ।

बिल बनाउँदै गर्दा सुन किन्न आएका व्यक्ति भने फरार भएका थिए ।

घटनाबारे ढिला गरी जानकारी आएकाले तत्काल अभियुक्तलाई पक्राउ गर्न नसकिएको प्रहरीको भनाइ छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्