Wednesday, July 9Nepal News Portal
Shadow

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?


काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। शुक्रबार प्रतितोला नौ सय रुपैयाँ घटेको सुनको मूल्य यस दिन प्रतितोला तीन सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार ९ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ।

शुक्रबार प्रतितोला १४ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १४ सय ५५ रुपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँ बढेको हो।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्