Friday, October 11Nepal News Portal
Shadow

बिहान खाली पेटमा तातो पानी पिउदा मिल्नेछन् यी फाइदा


काठमाडौं । पानीले शरीरका विकारजन्य पदार्थलाई बाहिर ल्याउन सहयोग गर्दछ । पानीविना जिवनको कल्पना गर्न पनि सकिँदैन । पानी जिवनका लागि अनिवार्य मात्र छैन, पर्याप्त पानी पिउनु सुस्वास्थ्यका लागि निकै महत्वपूर्ण हुन्छ । अझ मनतातो पानीको सेवन स्वास्थ्यका लागि झनै फाइदाजनक हुन्छ । बिहान खाली पेटमा एक गिलास मनतातो पानी पिउनुका फाइदा यी हुन्ः

· दुषित पानी पिउनाले पेट सम्बन्धी विभिन्न रोग लाग्दछ । तर यदि पानीलाई उमालेर त्यसलाई सेलाउँदैै मनतातो बनाएर पिउनाले झाडापखाला, आउँ जस्ता अनेक रोग लाग्न बाट बँचिन्छ ।

· यदि तपाइँलाई भोक नलाग्ने समस्या छ भने एक गिलास मनतातो पानीमा एउटा कागतीको रस, मरिच र नुन हालेर पिउनुहोस् ।

· दिनहुँ बिहान मनतातो पानी पिउनाले सरीरमा रक्तसंचार सन्तुलित र नियमित हुन्छ । पानी पिउनाले एसिडिटीको समस्या पनि कम हुन्छ र पेट सफा हुन्छ ।

· बिहान खाली पेटमा मनतातो पानी पिउनाले कब्जियतबाट छुटकारा पाइन्छ । पर्याप्त पानी पिउनाले जोर्नीको दुखाई पनि कम हुन्छ र हड्डी मजबुत बनाउन सहयोग गर्दछ ।

· रुघाखोकी लागेको बेला पर्याप्त मात्रामा मनतातो वा तातो पानी पिउनु आवश्यक हुन्छ । तर धेरै चिसो पानी पिउनु स्वास्थ्यका लागि हानिकारक हुनसक्दछ ।

· यदि छालामा चाउरीपना तथा दागधब्बा आएका छन् भने हरेक दिन बिहान खाली पेटमा मनतातो पानी पिउनुहोस् । चियाकफीको साटो ग्रीन टी पिउनुहोस् । यसले छाला चम्किलो बनाउने र सरीरको वजन कम गर्न पनि सहयोग गर्दछ ।

· बिहान खाली पेटमा मनतातो पानीमा कागती निचोरेर पिउनाले सरीरका विषाक्त पदार्थ बाहिर निस्कन्छन् र सरीरको रोग प्रतिरोधी क्षमता पनि बढ्दछ ।

· यदि तपाइँलाई निकै थकाइ लाग्ने समस्या छ भने बिहान मनतातो पानी पिउने बानी बसाल्नुस् । यसले तपाइँको दिनमा ताजगी भर्दछ । मांशपेशीलाई तन्दुरुस्त बनाउन यसले सहयोग गर्दछ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्