Friday, October 11Nepal News Portal
Shadow

भारतबाट ८ रुपैयाँ ५० पैसाले बढेर आयो पेट्रोलको भाउ


काठमाडौं । भारतीय आयल निगम (आइओसी) ले पठाएको नयाँ मूल्य सूचीमा पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ।

नयाँ मूल्य सूची अनुसार पेट्रोलमा प्रतिलिटर साढे आठ रूपैयाँ र डिजेलमा सात रूपैयाँ बढेर आएको छ। ग्यासमा भने प्रतिसिलिन्डर १०० रुपैयाँ घटेको छ।

त्यस्तै, मट्टितेलमा प्रतिलिटर साढे ७ रुपैयाँ र हवाई इन्धनमा ८ रुपैयाँ ५० पैसा मूल्य बढेर आएको छ।

नेपाल आयल निगमका अनुसार यो मूल्य अभिवृद्धि कर नजोडिएको दर हो। मूल्य बढ्दा कर बापतको रकम बढ्ने र घट्दा घट्ने भएकोले पेट्रोलियम पदार्थको मूल्य थप केही बढ्नेछ।

त्यसबाहेक निगमले गत आर्थिक वर्षदेखि स्वचालित बिक्री मूल्य प्रणाली लागू गरेको छ। यही कारण अब पेट्रोलियमको मूल्य बढ्ने भएको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्