काठमाडौं । ई–कमर्श प्लेटफर्म दराज नेपालले आफ्नो एपमा नयाँ फिचर थपेको छ।
कम्पनीले ग्राहकहरूको सपिङ अनुभव सरल बनाउन एपमा एआई (कृत्रिम बुद्धिमत्ता)बाट सञ्चालित च्याटबट आक्स दराज फिचर सार्वजनिक गरेको हो। ओपन एआईको च्याटजिपिटीद्वारा सञ्चालित आक्स दराजले प्रयोगकर्ताहरूलाई एआई च्याटबटसँग स्वाभाविक रूपमा छलफल गर्न र सम्पूर्ण सपिङ प्रक्रियालाई सजिलो र छिटो बनाउँछ।
यो फिचरले ग्राहकको विशेष आवश्यकताहरूको विश्लेषण गरेर त्यसमा आधारित सामानहरू सिफारिस गर्ने कम्पनीले जनाएको छ। यसले ग्राहकहरूलाई उच्चस्तरीय अनुभवहरू प्रदान गरेर अफलाइन र अनलाइन किनमेल बीचको जानकारीहरूलाई प्रस्ट पार्नेछ।
कम्पनीका अनुसार दराज प्लेटफर्मका ब्रान्ड र बिक्रेताहरूले पनि यो फिचरबाट लाभ उठाउन सक्नेछन्।
नयाँ फिचरबारे बोल्दै दराजका प्रमुख कार्यकारी अधिकृत बिआरके मिकेलसेनले भने, हाम्रो मिशन भनेको वाणिज्यको शक्ति मार्फत समुदायहरूलाई उत्थान गर्नु हो। यो हाम्रो लागि एउटा महत्वपूर्ण माइलस्टोन हो। किनभने हामीले नयाँ बजार विस्तार गर्न प्रविधिको प्रयोग गरीरहेका छौं।
उनले यो नयाँ फिचरले ग्राहकहरूको सपिङ अनुभवलाई थप रमाइलो र सहज बनाउने कम्पनी सकारात्मक रहेको बताए।
दराजले सामग्रीको पहुँचलाई बढाएर, ग्राहकको संलग्नतालाई गहिरो बनाउँदै सेवा प्रदान गर्दै आएको छ। यसले एप भित्रको एकीकृत डिस्कभर सुविधा मार्फत नयाँ ग्राहक सेगमेन्टलाई पनि समेट्ने लक्ष्य राखेको छ।