Wednesday, October 16Nepal News Portal
Shadow

सेगवेका विद्युतीय स्कुटर शून्य प्रतिशत ब्याजदरमा


काठमाडौं । सेगवे नाइनबटको नेपालका लागि आधिकारिक विक्रेता आइहब प्रालिले सेगवेको विद्युतीय स्कुटरको लागि शून्य प्रतिशत ब्याजदरमा फाइनान्सिङ सुविधा उपलब्ध गराउने भएको छ।

दिगो यातायात विकल्पप्रति दृढ प्रतिबद्धताका साथ सेगवेको शून्य फाइनान्सिङ सेवाले नेपालभरका ग्राहकहरूलाई पाँच लाख रुपैयाँसम्मको कर्जा रकममा ब्याजको बोझ नलिई आफ्नो रोजाईको विद्युतीय स्कुटरको स्वामित्वमा सशक्त बनाउने लक्ष्य राखेको छ।

यो विशेष अफर सेगवेका सबै लोकप्रिय मोडेलहरू एन१००, ई१००, ई११०एल, र इ१२५ मा उपलब्ध छ। ग्राहकहरूले आफूलाई उपयुक्त स्कुटर रोज्न सक्नेछन्।

कम्पनीका अनुसार शून्य प्रतिशत फाइनान्सिङ सेवा ग्राहकको सुविधालाई ध्यानमा राख्दै डिजाइन गरिएको हो। यसले १८ महिनासम्मको सहज इएमआई प्रदान गर्छ। यो सेवाले ग्राहकहरूलाई सेगवेको विद्युतीय स्कुटर खरिद र लगानीलाई रमाइलो र व्यावहारिक बनाउनेमा कम्पनी सकारात्मक छ।

ग्राहकले सेगवेको खरीद गर्दा प्रत्येक स्कुटर प्याकेजमा हेलमेट, स्कुटर कभर, रेनकोट र एक वर्षको वार्षिक मर्मतसम्भार जस्ता अफर उपलब्ध गराएको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्