Sunday, February 25Nepal News Portal
Shadow

घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?


काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ।

सोमबार प्रतितोला एक सय रुपैयाँ घटेको सुनको मूल्य यस दिन प्रतितोला तीन सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार १ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार ४ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार चाँदी प्रतितोला १४ सय २५ रुपैयाँमा कारोबार भएको थियो। सोमबारको तुलनामा मंगलबार चाँदी प्रतितोला २५ रुपैयाँ घटेको हो।

Total Page Visits: 97 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्