Friday, October 11Nepal News Portal
Shadow

सुजुकीको मनसुन फ्री सर्भिस क्याम्प बुधबारदेखि सुरू, ४ जना ग्राहकलाई होलिडे प्याकेज


काठमाडौं । नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सिजी होल्डिङले अटोमोबाइल डिभिजन सिजी मोटोकर्पको मनसुन फ्री सर्भिस क्याम्प हुने भएको छ।

कम्पनीले उक्त फ्री सर्भिस क्याम्प साउन २४ गतेदेखि २६ गतेसम्म आयोजना गर्ने भएको हो।

मनसुनको मौसममा हुने लगातार वर्षाले सवारी साधनमा नकारात्मक प्रभाव पार्नसक्ने हुनाले यसमा ध्यान पुर्‍याउन जरुरी रहेको कम्पनीको भनाइ छ।

ग्राहकलाई सोही विषयमा जानकारी गराउन र उनीहरूको गाडीलाई राम्रो अवस्थामा राख्न सो क्याम्प सञ्चालन गर्न लागेको कम्पनीले जानकारी दिएको छ।

सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर पाउनको साथै ४ जना भाग्यमानी ग्राहकले चितवनस्थित टाइगर ल्यान्ड सफारी रिसोर्टमा होलिडे प्याकेज पनि जित्न सक्नेछन्।

सर्भिस क्याम्पमा ग्राहकले निःशुल्क एसीरहिटर चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पाउने बताइएको छ।

त्यसैगरी, एसडिटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा ५० प्रतिशत छुट पाउनेछन् भने लेवर चार्जमा २० प्रतिशत छुट र एसोसरिजमा, स्पेयर पार्टस् र इन्जिन आयलमा १० प्रतिशत छुट पाउनेछन्।

उक्त क्याम्प नेपालभरीका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ। ५४ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्