काठमाडौं । नेपाली बजारमा लगातार सुनको भाउ तेस्रो दिन पनि घटेको छ। मंगलबार प्रतितोला तीन सय रुपैयाँले घटेको सुन आज प्रतितोला एक सय रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार १ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ।
आज चाँदी प्रतितोला एक हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार चाँदी प्रतितोला एक हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला १० रुपैयाँ घटेको हो ।