Wednesday, February 21Nepal News Portal
Shadow

अब मासिक १ सय रुपैयाँमै डिशहोम हेर्न पाइने


काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेडले आफ्नो ग्राहकहरुको लागि सुलभ मुल्यमा इन्टरनेट र इन्टरटेन्मेन्ट एकै ठाउँमा पाउन सकिने प्याकेज ल्याएको छ । अव डिशहोमको नयाँ तथा पुरानो ग्राहकले मासिक एक सय रुपैयाँमा डिशहोमको टिभी हेर्न पाउने छन् ।

डिशहोम फाईवरनेटको नयाँ जडानमा डिशहोम टिभीको कनेक्सन गरि यो अफरको लाभ उठाउन सकिनेछ । यस्तै यो अफरको लाभ पहिले देखि डिशहोम टिभी मात्र प्रयोग गरि रहनुभएका ग्राहकले फाईवर नेटको कनेक्सन लिएर लिन सक्नेछन् ।

कम्पनीले ल्याएको यो अफरमा उच्च गतिको इन्टरनेट संगै ६० भन्दा वढी एकचडि च्यानल सहित २०० भन्दा माथि उच्च पिक्चर क्वलिटीको टिभी सुलभ मुल्यमा ग्राहकहरुले हेर्न सक्नेछन् । यो अफरको वारेमा थप जानकारी चाहिएमा ०१ ५९७०३६५ मा संम्पर्क गरि जानकारी प्राप्त गर्न सकिने छ ।

Total Page Visits: 66 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्