Friday, October 11Nepal News Portal
Shadow

असोज २३ गतेदेखि सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्दै चिरख्वा हाइड्रोपावर


काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले असोज २३ गतेदेखि सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्ने भएको छ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ५९ हजार ३०० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो।

कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाहरूका लागि ४ लाख कित्ता निष्कासन गरेको थियो।

जसमध्ये २ लाख ४ हजार ७०० कित्ता मात्र बाँडफाँट भएको कम्पनीको भनाइ छ।

त्यसैगरी, पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ८० हजार कित्ता, कर्मचारीहरूका लागि १६ हजार कित्ता तथा सामूहिक लगानी कोषहरूका लागि ४० हजार कित्ता निष्कासन गरी बाँडफाँट गरिसकेको छ।

आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ।

उक्त आइपिओमा असोज २६ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिभित्र सम्पूर्ण कित्ताका लागि आवेदन नपरेमा कात्तिक ३ गतेसम्म बिक्री अवधि लम्बिनेछ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्