Wednesday, December 6Nepal News Portal
Shadow

कोटेश्वरमा पेस्तोल देखाएर लुटपाटको प्रयास


काठमाडौं, पुस १९ (ससं) । आइतबार बिहान काठमाडौंको कोटेश्वर चोकमा कटुवा पेस्तोल देखाएर लुटपाटको प्रयास भएको छ।

काठमाडौं महानगरपालिका ३२ कोटेश्वरमा एक युवकमाथि पेस्तोल देखाएर लुटपाटको प्रयास भएको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार राधेराधे बस्ने अनदाजी ३० वर्षका युवराज आलेमगरमाथि लुटपाटको प्रयास भएको हो।

कटुवा पेस्तोल देखाएर मोबाइल फोन माग्यो। आफूले प्रतिवाद गर्दा पेस्तोल झरेपछि ती व्यक्ति भागेको भन्ने खबर आएको थियो, उनले बताएका छन् ।

उनले घटना भएपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले केही व्यक्तिहरूलाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको छ।

Total Page Visits: 439 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्