Saturday, November 25Nepal News Portal
Shadow

बिमा समितिको अध्यक्षको दौडबाट चापागाईं बाहिरिए


काठमाडों, पुस १९ (ससं) । बिमा समितिका वर्तमान अध्यक्ष चिरञ्जीवि चापागाईं आइतबारदेखि विदामा बसेका छन् । आफ्नो कार्यकाल सकिनुभन्दा एक हप्ता अघिबाट उनी विदा बसेका हुन् । चापागाईंको कार्यकाल आगामी २७ गते सकिँदैछ ।

यो सँगै बिमा कम्पनीहरुको नियमनकारी निकाय बिमा समितिको अध्यक्ष बन्न आकांक्षीहरुले कसरत बढाएका छन् । कार्यकाल सकिन एक साता अघिमात्रै बाँकी भएपछि आकांक्षीहरु शक्तिकेन्द्र धाउन धालेका छन् ।

‘समितिको हाल अध्यक्ष रहेका चापागाईं पनि पुनः अर्को कार्यकालका लागि बलिया प्रतिस्पर्धी हुन् । तर, सत्तारुढ दल नेकपाभित्रको कलहका कारण चापगाईं भने प्रतिष्पर्धाबाट पछि हटेका छन् । चापागाईं पुष्पकमल दाहाल प्रचण्ड निकटका व्यक्ति हुन् । प्रचण्ड प्रधानमन्त्री भएकै बेला तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराको सिफारिसमा चापागाईं अध्यक्ष नियुक्त भएका थिए ।

 

नेकपा विवादले प्रचण्ड-माधव समूह सरकारमा नरहेका कारण चापगाईं अध्यक्षको प्रतिष्पर्धाबाट बाहिरिएका हुन् । चापागाईं बिमा समितिबाट शुक्रबार नै बिदा भइसकेका छन् । एक हप्ता बिदामा बसेको चापागार्इले जानकारी दिए ।

अध्यक्षका लागि अब राष्ट्रबैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी, राष्ट्र बैंककै पूर्व कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौला, नेपाल पुनर्बीमा कम्पनीका निवर्तमान अध्यक्ष महेश गुरागाई, राष्ट्रिय बिमा संस्थानका अध्यक्ष गंगाराम कँडेल, आइक्यानका पूर्व अध्यक्ष टंक पनेरु, पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाका ज्वाई समेत रहेका राष्ट्र बैंकका निर्देशक रामशरण खरेल लगायत आधा दर्जन भन्दा बढी आकांक्षी रहेका छन् ।

केहि आकांक्षीहरु सरकारले नियुक्त गरे जिम्मेवारी लिने नभए चुपचाप नै बस्ने नीति लिएकिा छन् भने केही आकांक्षीहरु भने राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मको शक्तिकेन्द्रमा दौडधुपमा लागेका छन् ।

Total Page Visits: 480 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्