काठमाडौं, पुस १९ (ससं) । विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने एक हजार ४९२ जना चालकलाई हिजो ट्राफिक प्रहरीले कारबाही गरेको छ भने कारबाहीमा पर्ने मा सडक तथा फुटपाथमा पार्किङ गर्ने १०४ जना, जथाभावी यात्रु चढाउने र ओराल्ने ८२ जना, एकतर्फी सडकमा नियमविपरीत चलाउने ५६ जना रहेका छन्।
यस्तै, मदिरा पिएर सवारीसाधन चलाउने ४३ जना, सवारीसाधनको नम्बर प्लेट स्पष्ट नराख्ने २९ जना र सडक लेन पालना नगर्ने ६ जना चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ।