काठमाडौं, पुस १९ (ससं) । सशस्त्र प्रहरी जवान पद खुल्ला प्रतियोगिताको लिखित परीक्षामा सहभागी भएका १४ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्।
उनीहरू सुनसरी, जुम्ला र सुर्खेतबाट शनिबार दिउँसो पक्राउ परेका हुन्।
सशस्त्र प्रहरी बलको मुख्यालयले जनाए अनुसार सुनसरीबाट आठ जना, जुम्लाबाट दुइ जना र सुर्खेतबाट चार जना गरी १४ जनालाई पक्राउ परेको जनाएको छ।
उनीहरूविरुद्ध प्रहरीले अनुसन्धान थालेको छ।