काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ मा उद्योग क्षेत्रको कुल आर्थिक वृद्धिदर ऋणात्मक हुने राष्ट्रिय तथ्यांक कार्यालयलेअनुमान गरेको छ । निर्माण तथा व्यापार क्षेत्रमा सुधार हुन नसक्दा वस्तु तथा सेवाको समग्र मागमा कमी आएका कारण उत्पादनमुलक उद्योगले पूर्ण क्षमतामा उत्पादन गर्न नसकेकाले यस क्षेत्रको वृद्धिदर ऋणात्मक हुने अनमान गरिएको हो ।
चालु आर्थिक वर्षमा उद्योग क्षेत्रको कुल आर्थिक वृद्धिदर १.६० प्रतिशतले ऋणात्मक हुने अनुमान गरिएको छ ।
साथै,अर्थतन्त्रमा छाएको शिथिलताले नेपालका उद्योगहरूको उत्पादनमा समेत संकुचन देखापर्ने कार्यालयले अनुमान गरेको छ । गत आव २०७९/०८० मा यसको क्षेत्रको वृद्धिदर १.९८ प्रतिशत ऋणात्मक हुने अनुमान गरिएको थियो ।