Wednesday, January 15Nepal News Portal
Shadow

नेप्से परिसूचक ८८ अंकले वृद्धि हुँदा ६ अर्ब ३४ करोडको शेयर कारोबार


काठमाडौं, पुस १९ (ससं) । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले उत्साहका साथ सन् २०२१ लाई स्वागत गरेको छ । आइतबार (आज) नेप्से परिसूचक ८८.१२ अंकले वृद्धि भई २१७५.३९ विन्दुमा रोकिएको हो । सन् २०२० लाई पनि २५ अंक वृद्धिका साथ विदाई गरेको थियो ।
आज २१२ कम्पनीको १ करोड ४० लाख २६ हजार ८८६ कित्ता शेयर ६ अर्ब ३४ करोड ४० लाख रुपैयाँमा खरिद विक्री भएको छ ।

हिमालयन डिष्टिलरी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । त्यस्तै नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको शेयर मूल्य पनि ९.९७ प्रतिशतले वृद्धि भएको छ । आज हिमालयन डिष्टिलरीको प्रतिशेयर मूल्य ३ हजार ८७२, साल्ट ट्रेडिङ्गको ६ हजार ९०९ रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको १ हजार ४७८ रुपैयाँ र प्राइम कमर्सियल बैंक लिमिटेडको प्रतिशेयर मूल्य ४६८ रुपैयाँ कायम भएको छ ।

सर्वाधिक मूल्यको शेयर विक्री नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको ५० करोड ९५ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ । आज यो कम्पनीको शेयर मूल्य २ हजार ४१६ कायम भएको छ । कारोबारमा आएका १२ समूहकै परिसूचकमा वृद्धि भएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्