काठमाडौं । एभरेष्ट बैंकले वैशाख १८ गते कपिलवस्तुमा तौलिहवा शाखा कार्यालयको मातहतमा रहने गरी चौथो एक्सटेन्सन काउन्टर उद्घाटन गरेको छ।
ग्राहकहरूलाई दिगो, दरिलो र विश्वासिलो बैंकिङ सेवा र सुविधाहरू उपलब्ध गराउने उद्देश्यका साथ उक्त एक्सटेन्सन काउन्टर उद्घाटन गरेको हो।
उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन लुम्बिनी प्रदेशको क्षेत्र नं. १ (ख) का प्रदेश सभा सदस्य मधुसुदन सरन चौधरी र बैंकका लुम्बिनी प्रदेशका प्रादेशिक प्रबन्धक लव प्रसाद कुइकेलले संयुक्त रूपमा गरेका हुन्।
उक्त उद्घाटन समारोहमा मायादेवी गाउँपालिकाका अध्यक्ष वलिउद्दिन मुसलमान सोही गाउँपालिका वडा नं.१ का अध्यक्ष मुहम्मद इसहाक मुसलमान, मायादेवी गाउँपालिका बजार व्यवस्थापन समितिका अध्यक्ष प्रमात्मा बाँनीया, इलाका प्रहरी कार्यालय पकडीका प्रमुख प्रहरी निरीक्षक राजिव श्रेष्ठ, बैंकका तौलिहवा शाखाका शाखा प्रबन्धक शंकर घिमिरे, पकडी एक्सटेन्सन काउन्टरका इन्चार्ज विमल के.सी लगायत अन्य व्यक्तिहरूको उपस्थिति रहेका थिए।
सर्वसाधरणहरुले उक्त एक्सटेन्सन काउन्टरबाट सुरुवाती तीन महिनाको लागि अफरहरू पनि रहेका छन्।