काठमाडौं । नेपाल बीमा प्राधिकरणले साझा यातायातसँगको सहकार्यमा बीमा सम्बन्धी सन्देशहरूलाई सार्वजनिक रूपमा प्रचार गर्ने उद्देश्यले साझा यातायातका बसहरूमा बीमा सन्देश उल्लेख भएका स्टिकहरू टाँस्न शुरू गरेको छ । प्राधिकरणले वैशाख २० बाट साझा बसहरुमा स्टिकर टास्न सुरु गरेको हो ।
यसै क्रममा प्राधिकरणले हिजो ललितपुर पुल्चोकस्थित साझा यातायातको कार्यालयमा काठमाडौं उपत्यकाका विभिन्न रूटमा संचालित साझा यातायातका बसहरूमा बीमा सम्बन्धी सन्देशहरू रहेका स्टिकरहरू टाँसिएको छ ।
बीमा सम्बन्धी जनचेतना अभिवृद्धिका कार्यक्रमलाई प्रभावकारीरूपले अगाडि बढाउँदै जाने क्रममा साझा यातायातका बसहरूमा बीमा सन्देशहरू उल्लेखित स्टिकरहरू टाँस्ने कार्य शुरू गरिएको नेपाल बीमा प्राधिकरणका उपनिर्देशक कुन्दन सापकोटाले जानकारी दिएका हुन् ।