Monday, June 17Nepal News Portal
Shadow

घट्यो सुनको मूल्य



काठमाडौं । आज शुक्रबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ। बिहिबार प्रतितोला १ लाख ३६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज प्रतितोला ११ सय रुपैयाँले घटेर १ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि घटेको छ । आज तेजावी सुन प्रतितोला १ लाख ३४ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

यता, चाँदीको भाउ स्थिर रहेको छ ।बिहीबार चाँदी प्रतितोला १ हजार ६ सय ४५ रुपैयाँमा कारोबार भएकोमा आज पनि सोहि मूल्यमा कारोबार भइरहेको महासंले जनाएको छ ।

Total Page Visits: 119 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्