काठमाडौं ।नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३३ रूपैयाँ २६ पैसा र बिक्रीदर १३३ रूपैयाँ ८६ पैसा कायम गरिएको छ।
हिजो (बिहीबार) अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ १९ पैसा र बिक्रीदर १३३ रूपैयाँ ७९ पैसा तोकिएको थियो। यो मूल्य अघिल्लो दिनको ७ पैसा बढेको हो।
आज शुक्तबार युरोपियन युरो एकको खरिदमा भने १४२ रूपैयाँ ५९ पैसा र बिक्रीमा १४३ रूपैयाँ २३ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६६ रूपैयाँ ७१ पैसा र बिक्रीदर १६७ रूपैयाँ ४६ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ७० पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ५३ पैसा र बिक्रीदर ३५ रूपैयाँ ६९ पैसा तोकेको छ।
शुक्तबार कुवेती दिनार एकको खरिदमा ४३२ रूपैयाँ ८७ पैसा र बिक्रीमा ४३४ रूपैयाँ ८२ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ४३ पैसा र बिक्रीदर ३५५ रूपैयाँ ०२ पैसा तोकिएको नेपाल राष्ट्रबैंले जानकारी दिएको छ।