काठमाडौं । सरकारले एक सए रुपैयाँको नोटको डिजाइन परिवर्तन गर्ने निर्णय गरेको छ। बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले एक सय रुपैयाँ दरको नोटको डिजाइन परिवर्तन गर्ने निर्णय गरेको संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताएकी छिन् ।
उनका अनुसार एक सय रुपैयाँ दरको नोटको अग्र भागमा रहने गरेको नेपालको नक्साको स्थानमा नेपालको नयाँ नक्सा राखेर नोटको डिजाइन परिवर्तन गर्ने निर्णय भएको छ । अब सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा अर्थात् चुच्चे नक्सा राखिने छ ।
अब नेपाल राष्ट्र बैंकले नयाँ नक्सा सहित एक सय रुपैयाँको नयाँ नोट छाप्ने प्रक्रिया अगाडी बढाउने छ।