Monday, June 17Nepal News Portal
Shadow

सीजी फुड्स भैंसेपाटीमा तोडफोड साथै कर्मचारीमाथि हातपात



काठमाडौं । चौधरी ग्रुप सञ्चालित सीजी फुड्स पार्क भैंसेपाटीमा अज्ञात समूहले आक्रमण गरेको छ । शुक्रबार दिउँसो ३ बजेतिर बा ४ ख १०८५ नम्बरको बसमा आएको नियोजित जत्थाले फुड्स पार्कमा कार्यरत कर्मचारीमाथि पनि हातपात गरेको प्रवक्ता मधुसूदन पौड्यालले जानकारी दिएका हुन् । उनका अनुसार उक्त समूहले कार्यालय तोडफोड गरेको छ भने पुरुष र महिला कर्मचारीमाथि हातपात गरेको छ ।

फुड्स पार्कमा आउनासाथ उनीहरुले नेपाल सरकार मुर्दावाद जस्ता नारा लगाएका थिए । चौधरी ग्रुपका व्यवस्थापकहरुप्रति पनि अभद्र व्यवहार गरेको विज्ञप्तिमा जनाइएको छ ।

“त्यहाँ कार्यरत महिला कर्मचारीमाथिसमेत हातपात हुन थालेपछि फुड्स पार्कमा कार्यरत महिला कर्मचारीहरु प्रतिकारमा उत्रिए जसका कारण आक्रमणकारीहरु त्यहाँबाट पछि हटेका थिए,” उनले भनेका छन्, “त्यसलगत्तै आएको प्रहरीले आक्रमण गर्न आएका मानिसहरुलाई गिरफ्तार गरेको जानकारी प्राप्त भएको छ ।”

यस घटनालाई लिएर चौधरी ग्रुपले भ्रत्र्सना गरेको छ । पौड्यालले जारी गरेको विज्ञप्तिमा दिनदहाडै भएको आक्रमणको ध्यानाकर्षण गराउँदै कानुनी कारबाहीका लागि सरकारसँग अनुरोध पनि गरेको छ ।

१७ जना महिला र पाँच जना पुरुषसहित बस चालकलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुलाई जावलाखेलमा राखिएको छ । नियन्त्रणमा लिएर सोधपुछ भइरहेको ललितपुर प्रहरीका एसपी नरेश सुवेदीले जानकारी दिएका छन् ।

Total Page Visits: 139 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्