Friday, December 6Nepal News Portal
Shadow

स्वयंसेवी रक्तदाता समाजद्वारा रसुवा जिल्ला कार्यसमिति गठन


रसुवा, पुस १९ (ससं) । कोरोना भाईरस (कोभिड–१९ को महामारीको बिद्यमान् बिषम् परिस्थितिका बाबजुद पनि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा रसुवाको धुन्चे बजारमा नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा जिल्ला शाखा गठन भएको छ । उक्त समितिको अध्यक्षमा प्रमिला लामा, उपाध्यक्षमा रामशरण (निशान) गजुरेल, सचिवमा गोरमेन नेकोर तामाङ्ग, कोषाध्यक्षमा सेनग्याल्मो तामाङ्ग र सदस्यहरूमा ज्ञानेन्द्रनाथ न्यौपाने, दीपक लामा, सुनिता माया गुरूङ्ग, अनु आचार्य, अच्यूतराज न्यौपाने, गौरव सापकोटा, हिमनाथ देवकोटा, छेवाङ्ग तामाङ्ग, गोमा खनाल, सुरेश थोक्रा र जयराम आचार्यलाई सर्वसमत चयन भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष कर्माचार्यले पदाधिकारीहरुलाई संस्थाको लोगो अंकित ब्याज प्रदान गगरेका थिए । उक्त कार्यसमितिका अध्यक्ष प्रमिला लामाले रसुवा जिल्लाका नागरिकहरूलाई चाँडै नै निःशुल्क रगत उपलब्ध गराउन सम्बन्धित नियाकमा आवश्यक पहलकदमी चाल्ने गर्ने प्रतिबद्धता ब्यक्त गर्दै वर्तमान कोभिड–१९ ले रक्त व्यवस्थापनमा पारेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्नसमेत भूमिका निर्वाह गर्ने जानकारी दिइन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्