Tuesday, June 18Nepal News Portal
Shadow

सुनको मूल्य बढ्यो


काठमाडौं । आज आइतबार सुनको मूल्य बढेको छ । यो दिन छापावाला सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको हो ।

आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ४०० रुपैयाँ पुगेको छ । अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार सुनको मूूल्य प्रतितोला १ लाख ३७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजावी सुनको मूल्य पनि ५०० रुपैयाँले बढेको छ । आइतबार तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि १० रुपैयाँ प्रतितोलाका दरले बढेको छ ।आइतबार चाँदी तोलामा १ हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

Total Page Visits: 55 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्