Tuesday, June 25Nepal News Portal
Shadow

जेठ २५ गते नेष्डो समृद्ध लघुवित्तको साधारण सभा



काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले पाँचौ वार्षिक साधारण सभा आगामी जेठ २५ गते बोलाएको छ ।

कम्पनीको गत वैशाख २९ गते बसेको सञ्चालक समितिको बैठकले सभा रोयल कुश्मा रिसोर्ट कुश्मा पर्वतमा गर्ने निर्णय गरेको हो ।

सभाले आर्थि वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

त्यस्तै, सभाले अन्य इजाजत प्राप्त कुनै एक वा एकभन्दा बढी उपयुक्त लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने सम्बन्धी सम्पूर्ण कार्यहरु गर्न गराउनको लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले आगामी जेठ १८ गते एक दिन बुक क्लोज गर्ने बताएको छ । जेठ १७ गतेसम्म कायम शेयरधनीले साधारण सभा सहभागिता पनि जनाउन सक्नेछन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्