Saturday, January 25Nepal News Portal
Shadow

नेपाली बजारमा एटिएस ब्राण्डको टायल


काठमाडौं । पशुपती सेरामिक्स प्रा.लिले आफ्नो उत्पादन एटिएस टायल्सको परीक्षण बिक्री–वितरण सुरु गरेको छ।

नेपालमा पहिलो बहुराष्ट्रिय टायल्स कम्पनीको जोइन्ट भेन्चरको रूपमा स्थापित कम्पनीले दुई हप्ताको अवधिमा बजारबाट सकारात्मक प्रतिक्रिया पाइरहेको जनाएको छ।

कम्पनीले सुरुवाती चरणमा भुइँको लागि ४००X४०० मिमिको पार्किङ टायल र ६००X६०० मिमिको सेमी–भिट्रिफाइड टायललाई बजारमा ल्याएको हो।

भविष्यमा कम्पनीले क्रमशः ३००X४५० को वाल टायल र ६००X१२०० को जिभिटी र पिजिभिटी टायल उत्पादन गर्ने बताएको छ। कम्पनीले यि सबै प्रकार र आकारको टायल उत्पादनको लागि स्पेन, इटाली, चीन र भारतको मेसिनरीको प्रयोग गरी ६० हजार वर्ग मिटर क्षेत्रफलमा इटालियन प्रविधिमा आधारित कारखाना स्थापना गरेको हो ।

साथै उनले कम्पनीको उत्पादन गुणस्तरीय, उत्कृष्ट डिजाइन हुनुका साथै शतप्रतिशत वाटरप्रुफ भएको दाबी गरे।

करिब डेढ अर्ब लगानीमा स्थापित यस कम्पनीको दैनिक १५ हजार वर्ग मिटर उत्पादन क्षमता रहेको छ भने आफ्ना उत्पादनले नेपाली बजारको करिब ४० प्रतिशत हिस्सा ओगट्ने कम्पनीको आकलन रहेको छ।

टायल्स् फर यभ्री यज ट्यागलाइन सहित स्थापित यस कम्पनीले करिब २५० जनालाई रोजगारी दिएको बताएको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्