Tuesday, December 3Nepal News Portal
Shadow

एसियन लाइफ इन्स्योरेन्सको नाफा बढ्यो


काठमाडौंं । एसियन लाइफ इन्स्योरेन्सको नाफा २५४‍.९२ प्रतिशतले बढेर ६९ करोड ११ लाख ६ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा १९ करोड ४७ लाख २२ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको खुद बिमा शुल्क आम्दानीको लगानी तथा कर्जाबाट हुने आम्दानी बढेपछि नाफामा सुधार आएको छ । यस कम्पनीको खुद बिमा शुल्क आम्दानी ५ अर्ब ८ करोड १२ लाख ६६ हजार रुपैयाँबाट बढेर ५ अर्ब ६१ करोड ४७ लाख ७८ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीको चुक्ता पुँजी ३ अर्ब १५ करोड ५३ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २९ रुपैयाँ २० पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ १९ पैसा रहेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्