काठमाडौं। ज्योति विकास बैंकले संस्थामा १५ वर्षसम्म सेवा गरेका कर्मचारीलाई सम्मान गरेको छ। बैंकले अनुकरणीय सेवा, समर्पण र योगदानका लागि कर्मचारीलाई सम्मान गरेको हो।
बैंकले जमुना रिसाल, अनिता राई, विकास रानाभाट, प्रमिला केसी र होमकुमारी बस्नेतलाई १५ वर्षसम्म सेवा गरेकामा सम्मान गरेको जनाएको छ ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले कर्मचारीलाई सम्मान र जीवन बिमा परिपक्वताको रकम हस्तान्तरण गरेका हुन् ।