काठमाडौं । आज सोमबार सुनको मूल्य घटेको छ ।
यो दिन छापावाला सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूलय प्रतितोला १ लाख ३८ हजार १०० रुपैयाँमा आइपुगेको छ ।हिजो आइतबार सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुनको मूलय पनि ३०० रुपैयाँले घटेको छ । सोमबार तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि १० रुपैयाँ प्रतितोलाका दरले घटेको छ । यस दिन चाँदी तोलामा १ हजार ७१५ रुपैयाँमा कारोबार भइरहेको छ ।