काठमाडौं । बैंकहरूले जेठको लागि निक्षेपको ब्याजदर घटाएका छन्।
व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ७.१४ प्रतिशत ब्याज प्रस्ताव गरिरहेका बैंकहरूले वैशाखको लागि औसत ७.०६ प्रतिशत दिने भएका हुन्।
जेठको लागि तीन बैंकले भने ब्याजदर सामान्य बढाएका छन्। ब्याजदर बढाउनेमा एनआइसी एशिया, प्रभु र ग्लोबल आइएमइ बैंक रहेका छन्।
एनआइसी एशिया बैंकको ७.७५ प्रतिशतबाट बढेर ब्याजदर ७.८ पुगेको छ भने प्रभु र ग्लोबल आइएमइ बैंक दुवैले ७ प्रतिशतबाट बढाएर ७.५ प्रतिशत पुर्याएका छन्।
अहिले सबैभन्दा धेरै ब्याज एनएमबी बैंक र एनआइसी एशिया बैंकबाट पाइने भएको छ। यी दुवै बैंकले अधिकतम ७.८ प्रतिशतसम्म ब्याजदर दिने भएका छन्।
बैंकले सबैभन्दा कम ६.४ प्रतिशत ब्याजदर दिने भएको छ। निक्षेपको ब्याजदर घट्दै जाँदा कर्जाको व्याजदर थप घट्ने देखिन्छ।