Tuesday, December 3Nepal News Portal
Shadow

नेपाल टेलिकमको खुद नाफा बढ्याे


काठमाडौं । नेपाल टेलिकमले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ५ अर्ब ५९ करोड रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा ३ . ३६ प्रतिशत बढी खुद नाफा गरेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले ५ अर्ब ४१ करोड रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो ।

कम्पनीको कुल आम्दानी ६ प्रतिशतले कम भएको छ । गत वर्ष ३३ अर्ब २० करोड ८५ लाख रूपैयाँभन्दा बढी कुल आम्दानी गरेको कम्पनीले यस वर्ष ३१ अर्ब २० करोड ४८ लाख रूपैयाँभन्दा बढी कुल आम्दानी गरेको हो । कम्पनीको वित्तीय खर्च करिब ६७ प्रतिशत कम भएको छ भने नाफामा सकारात्मक देखिएको हो ।

गत वर्ष ४० करोड ७५ लाख रूपैयाँभन्दा बढी वित्तीय खर्च गरेको कम्पनीले यस वर्ष १३ करोड ५२ लाख रूपैयाँभन्दा बढी वित्तीय खर्च गरेको हो । कम्पनीको चुक्तापूँजी १८ अर्ब रहेको छ भने जगेडा कोष रकम ७४ अर्ब ३३ करोड रूपैयाँभन्दा बढी रहेको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्