Friday, December 6Nepal News Portal
Shadow

घोराही सिमेन्टको व्यापार घट्यो


 


काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासमा घोराही सिमेन्ट ६४ करोड रूपैयाँ नोक्सानमा गएको छ। गत वर्षको यही अवधिमा कम्पनीले तीन करोड ३९ लाख रूपैयाँ नाफा कमाएको थियो।

बजारमा सिमेन्टको मागभन्दा बढी उत्पादन भएकोले बिक्रीमा अपेक्षा अनुसार वृद्धि नभएको, लागत र प्रशासनिक लगायतका खर्च बढेकोले नाफामा असर परेको कम्पनीले बताएको छ ।

कम्पनीले बिक्रीबाट गरेको आम्दानी १.६९ प्रतिशतले घटेर तीन अर्ब आठ करोडमा सीमित भएको छ। कम्पनीको गत वर्षको आम्दानी तीन अर्ब १३ करोड थियो।

कम्पनी नोक्सानमा देखिएसँगै सञ्चित आम्दानी तीन अर्ब ९७ करोडबाट घटेर दुई अर्ब ७६ करोडमा सीमित भएको छ। कम्पनीको जगेडा कोषमा सात करोड ९० लाख रूपैयाँ रहेको छ ।

कम्पनीले बजारमा ८७ करोड रूपैयाँ उधारो तिर्न बाँकी रहँदा बजारबाट दुई अर्ब १३ करोड रूपैयाँ उठाउन बाँकी छ। कम्पनीले यस्तो रकम उठाउन सकेमा नाफामा सुधार हुने देखिन्छ।

नाफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानी ऋणात्मक छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्