Tuesday, December 3Nepal News Portal
Shadow

नेप्से दोहोरो अंकले वृद्धि


काठमाडाै‌ं । सोमबार नेप्से परिसूचक २४.३९ अंकले बढेको छ।

यसदिन नेप्से १.२३ प्रतिशतले बढेर १९९८.८९ विन्दुमा बन्द भएको छ।

सोमबारको बजारमा तीन अर्ब ४० करोड ८६ लाख ८ हजार १५७ रूपैयाँको सेयर कारोबार भएको छ।

गत कारोबार दिन अर्थात् आइतबार तीन अर्ब १५ करोड ५१ लाख ४२ हजार १६८ रूपैयाँको कारोबार भएको थियो।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा २५ करोड रूपैयाँ वृद्धि भएको हो।

यस दिन ३२० वटा धितोपत्रको ९५ लाख ४१ हजार १७ कित्ता सेयर किनबेच भएको हो।

सोमबार १४८ कम्पनीको सेयर मूल्य बढेको छ भने ८५ वटाकै घटेको छ। यस्तै, ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

नारायणी डेभलपमेन्ट बैंक, समाज लघुवित्त र माण्डु हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ।

यस्तै, श्रीजनशील लघुवित्त र हिमालयन ऊर्जा कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ।

सिवाइसि नेपाल लघुवित्त लघुवित्तको मूल्य सर्वाधिक ५.६५ प्रतिशतले घटेको छ।

उक्त कम्पनीको सेयर मूल्य एक हजार ५५३ रूपैयाँ कायम भएको छ।

यस्तै, आरम्भ चौतारी लघुवित्तको मूल्य ३.३५ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ८६६ रूपैयाँमा झरेको छ।

सोमबार नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयरको सर्वाधिक कारोबार भएको छ।

उक्त कम्पनीको प्रतिकित्ता २८१ रूपैयाँमा ३० करोड ८० लाख बराबरको सेयर कारोबार भएको हो।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक घटेको भने बाँकी ८ समूहको परिसूचक बढेको छ।

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्