Monday, February 10Nepal News Portal
Shadow

माछापुच्छ्रे बैंकले ग्राहकलाई दियो दुर्घटना बीमा रकम


 

काठमाडौं । माछापुच्छ्रे बैंकले न्यु स्मार्ट तलब खाताअन्तर्गत दुर्घटनामा परी मृत्यु भएका ग्राहकको परिवारलाई दुर्घटना बीमा १० लाख रुपैयाँको रकम भुक्तानी गरेको छ ।

बैंकको वीरगन्जस्थित शाखामा खाता रहेका ग्राहक लालबाबुप्रसाद यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु भएपश्चात् उनकी श्रीमती शोभा यादवले रकमको माग गरेकी हुुन । उनको भनाई अनुुसार वैशाख ३० गते उक्त बीमा रकम हस्तान्तरण गरिएको बैंकले बताएइको छ ।

बैंकका चिफ बिजनेस अफिसर डिल्लीराम गिरी, मधेस प्रदेश प्रमुख इन्दुशेखर देवकोटा र उक्त शाखाका शाखा प्रमुख सुशील थपलियाले सो रकमको चेक हस्तान्तरण गरेका थिए ।

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्