Tuesday, December 3Nepal News Portal
Shadow

प्राधिकरणको ५६औं वार्षिकोत्सवका अवसरमा प्रभातफेरी कार्यक्रम सम्पन्न


काठमाडौं नेपाल बीमा प्राधिकरणले आफ्नो ५६औं वार्षिकोत्सवका अवसरमा प्रभातफेरी कार्यक्रम आयोजना गरेकोे थियो । प्राधिकरणले आज (सोमबार) काठमाडौंमा उक्त कार्यक्रम संञ्चालन गरेको हो ।

काठमाडौंको भद्रकालीबाट विहान ७ बजे शुरू भएको प्रभातफेरी ¥याली बीमा सम्बन्धी जानकारीमूलक सन्देशहरू अङ्कित ब्यानरहरू प्रदर्शन गर्दै सुन्धारा, एनएसी, रत्नपार्क हुँदै भृकृटीमण्डपमा पुगेर सभामा परिणत भएको थियो ।

उक्त कार्यक्रममा बोल्दै प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले सबैको प्रयासमा सफलताका साथ अगाडि बढिरहेको बीमा बजारको भविष्य उज्ज्वल रहेको बताए ।

अध्यक्ष सिलवालले भने, “बीमा कम्पनीहरूले न्यून आय भएका र विपन्न बर्गलाई लक्षित गरी गाउँ गाउँमा सेवा विस्तार गर्नुपर्छ, नागरिकमा बीमा गर्ने बानी बसाल्न पहल गर्नुपर्छ, बीमा विश्वासिलो बजार हो, बीमा कम्पनीले कहिल्यै धोका दिँदैनन् भन्ने विश्वास स्थापित गर्नुपर्छ, कम्पनीहरूले आफूलाई परिमार्जन गरेर आफ्ना कामहरूका बारेमा आमरूपमा जानकारी गराउनुपर्छ ।”

बीमा कम्पनीका राम्रा काममा प्राधिकरणको सधैं साथ र समर्थन रहने उल्लेख गर्दैै अध्यक्ष सिलवालले निर्देशिका, मार्गदर्शन जारी गर्नुभन्दा अगाडि बीमकहरूको सुझाव लिने गरेको जानकारी दिए ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्