Tuesday, May 28Nepal News Portal
Shadow

कोका–कोलाले सार्वजनिक  गर्यो “कोका–कोला महोत्सव”योजना


काठमाडौं । कोका–कोलाले “कोका–कोला महोत्सव” नामक नयाँ योजना सार्वजनिक गरेको छ । यो योजना अर्न्तगत ग्राहकहरुले रेष्टुरेण्टहरुमा कम्बो डिससँग कोका–कोला अर्डर गर्दा आकर्षक छुट प्राप्त गर्न सकिने छ ।

यो क्याम्पेनको लागि कोका–कोलाले केकेएफसी, डल्ले, पेपे पिज्जा, रोडहाउस, भ्याली एक्स्प्रेस, द बर्गर हाउस एड सिएफसी र माइकल ग्रिल्स जस्ता विभिन्न रेष्टुरेण्टहरुसँग सहकार्य गरेको छ । यी रेष्टुरेण्टहरुमा कोकसँग स्पेसल मिल कम्बो अर्डर गर्दा ग्राहकहरुले २० देखि २५ प्रतिशत सम्मको छुट अथवा केहि खानाहरु संग निःशूल्क कोक प्राप्त गर्न सकिने छ ।

कोका–कोलाको कोक+मिल्स् क्याम्पेनको नयाँ संस्करणको रुपमा ल्याइएको “कोका–कोला महोत्सव” बैशाख २६ गतेदेखि जेठ २५ सम्म चल्नेछ ।

 

Total Page Visits: 124 - Today Page Visits: 3
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्