काठमाडौं । अरनिको राजमार्गअन्तर्गत बानेश्वर क्षेत्रमा फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी आजबाट सञ्चालनमा आएको छ ।
२ फल्चा बस बिसौनीमध्ये बानेश्वरबाट बबरमहल सडकखण्डमा बनेको बस बिसौनी सञ्चालनमा आएको काठमाडौं महानगरपालिका(१० का वडाध्यक्ष रामकुमार केसीले बताएका छन् । बबरमहलबाट बानेश्वरतर्फको सडक खण्डमा बनेको बिसौनी असार महिनाभित्र सञ्चालनमा आउने उनले बताए ।
नेवारी समुदायको संस्कृतिसँग जोडिएको फल्चा शैलीमा बनेका दुवै बस बिसौनी ६२ लाख रुपैयाँमा बनेको महानगरपालिकाले बताइको छ ।