Tuesday, June 25Nepal News Portal
Shadow

नेप्से २८.६२ विन्दुमा


 

काठमाडौं । शेयर बजारमा नेप्से परिसूचक २८.६२ अंकले बढेको छ।

यसदिन नेप्से १.४३ प्रतिशतले बढेर २०२७.५१ विन्दुमा बन्द भएको छ।

बजारमा चार अर्ब ८ करोड ८८ लाख ५३ हजार ६६४ रूपैयाँको सेयर कारोबार भएको छ।

बजारमा गत कारोबार दिन अर्थात् सोमबार तीन अर्ब ४० करोड ८६ लाख ८ हजार १५७ रूपैयाँको कारोबार भएको थियो।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा ६८ करोड रूपैयाँ वृद्धि भएको हो।

यस दिन ३२० वटा धितोपत्रको ९८ लाख ५५ हजार २८५ कित्ता सेयर किनबेच भएको हो।

२१९ कम्पनीको सेयर मूल्य बढेको छ भने २२ वटाको घटेको छ। यस्तै, ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

यसदिन पाँच लघुवित्त कम्पनीको सेयरमूल्य सर्किट लेभलमा बढेको छ।

समाज लघुवित्त, उपकार लघुवित्त र युनिक नेपाल लघुवित्तको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ।

यस्तै, जनउत्थान सामुदायिक लघुवित्त र मानुषी लघुवित्तको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ।

हिमालयन उर्जा विकास कम्पनीको मूल्य सर्वाधिक ४.६४ प्रतिशतले घटेको छ।

उक्त कम्पनीको सेयर मूल्य २९० रूपैयाँ कायम भएको छ।

सिइडिबी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ।

उक्त कम्पनीको प्रतिकित्ता ७७० रूपैयाँ १५ करोड ८१ लाख बराबरको सेयर कारोबार भएको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा साइन रेसुङ्गा डेभलपमेन्ट बैंक रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ४१२ रूपैयाँमा ११ करोड ६१ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।

यसदिन लघुवित्त समूहको परिसूचक सर्वाधिक ३.४४ प्रतिशतले बढेको छ भने जलविद्युत समूहको परिसूचक ३.२२ प्रतिशतले बढेको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्