Thursday, December 5Nepal News Portal
Shadow

गौतम बुद्ध क्रिकेट रंगशालाको आह्वान गरिएको टेन्डर रद्द


चितवन । चितवनको भरतपुरमा बजेट अभावले निर्माण अलपत्र बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप पूर्वाधार निर्माणका लागि आह्वान गरिएको टेन्डर रद्द गरिएको छ । महानगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै टेन्डर रद्द गरेको बताएको हो।

महानगरपालिकाका उपनिर्देशक जगन्नाथ अर्यालले बिहीबार नयाँ टेन्डर आह्वान गरिने जनाएको । उनका अनुसार महानगरले तोकेको मापदण्ड अनुसारको प्राविधिक प्रस्ताव नपाइएकोले आर्थिक प्रस्ताव खोल्नु अगाडि नै टेन्डर रद्द गरिएको हो ।

३० दिनको म्याद राखेर गत फागुन १७ गते टेन्डर आह्वान गरिएको थियो । उक्त टेन्डर एकमात्र एमए कन्स्ट्रक्न प्रालिले ठेक्का लिएको थियो ।
सार्वजनिक खरिद अनुगमन कार्यालयसमेतको सल्लाहमा टेन्डर रद्द गरेर नयाँ टेन्डर निकाल्न लागिएको हो । महागनरले पुनः ३० दिनको म्याद राखेर टेन्डर निकाल्ने तयारी गरेको छ । चालु आर्थिक वर्षभित्रै सम्झौता गर्न मिल्ने गरी टेन्डर निकाल्ने तयारी गरिएको उपनिर्देशक अर्यालले बताएका छन् ।

महानगरले यसअघि १ अर्ब १० करोडको ठेक्का आब्हान गरेको थियो । महानगरले यसअघि ५७ करोडभन्दा बढीको टर्न ओभर भएको र रंगशालासम्बन्धी काम गरेको हुनुपर्ने मापदण्डमा बनाएको थियो । अब भने मापदण्डमा केही लचकता अपनाइने उपनिर्देशक अर्यालले बताएका छन् ।

सुरुमा रंगशाला निर्माण थालेको धुर्मस सुन्तली फाउन्डेसनले ५ हजार बस्ने प्यारापिट तयार गरिसकेको छ । वरिष्ठ इन्जिनियर आचार्यका अनुसाार मैदानसहित ५ वटा पिच, मैदानमा ड्रेनऐजसहित पछिल्लो प्रविधि अपनाएर मैदान निर्माण, २ वटा ३ / ३ तलाको टावर बनाइने छ ।

एउटामा भीआइपी र खेलाडी रहनेछन् भने अर्कोमा मिडिया, अम्पायर र कर्पोरेट बक्सहरु हुनेछन् । रंगशालाका लागि बागमती प्रदेश सरकारले ५२ करोड ५० लाख रकम दिने निर्णय गत माघ २३ गते गरेको थियो ।

संघीय सरकारसँग पनि रंगशाला निर्माणका लागि रकम माग गरिएको महानगरपालिकाले बताएको छ । गत कार्तिक २३ गते बसेको बैठकले गौतम बुद्ध क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको परियोजना भित्र समेटेर बाँकी काम तीनै तहका सरकारहरु मिलेर पूरा गर्ने निर्णय गरेको थियो ।

सरकारको मंगलबारको नीति तथा कार्यक्रममा रंगशाला निर्माणलाई प्राथमिकतामा राखिएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्