Thursday, July 17Nepal News Portal
Shadow

ह्वात्तै बढ्यो विधुतीय कारको आयात


काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटबाट विधुतीय गाडीमा सरकारले भन्सार बढाउने आशंकामा व्यापारीहरुले धमाधम मागभन्दा बढी गाडी भित्र्याएका छन्। यसअघि गाडीहरु नाकासम्म ल्याउने र नेपालमा बुकिङ भइसकेपछि मात्रै भन्सार पास गरेर गाडी ल्याउने गरेका व्यवसायीहरुले ह्वात्तै गाडीको आयात बढाएका हुन् ।

तातोपानी भन्सार कार्यालयका अनुसार वैशाखमा मात्रै यस नाकाबाट ६७० वटा विधुतीय कार भित्रिएका छन् । भन्सार अधिकृत दयानन्द केसीले विधुतीय गाडीको आयात वैशाखमा ह्वात्तै बढेको बताए।

पछिल्लो समय गत वैशाख २५ गते चिनियाँ विधुतीय कार बीवाइडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले एकैदिन ३१ विधुतीय कार काठमाडौं ल्याएको थियो ।

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्