काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको एक शाखा स्थान्तरण भएको छ । केएल टावरमा रहेको कम्पनीको शाखा कार्यालयलाई महाराजगञ्जमा सारिएको हो ।
छिटो र छरितो तरीकाबाट बीमा सेवा प्रदान गर्ने उद्देश्य शाखा स्थान्तरण गर्नु परेको कम्पनीले जानकारी दिएको छ ।
स्थानान्तरण गरिएको शाखाले आजैबाट सेवा दिने कम्पनीले बताएको हो ।